Provide Your Feedback

Edit Template
Cover & Author Art: Juan Sanjuán Tarragó

Gen-Z काल

by Nirmal Kumar Thapa

निर्मलकुमार थापा
जेनजीकाल नेपालको मानचित्रमा सर्वाधिक चलायमान कालखण्ड रह्यो । लाग्छ यसको लम्बाई अझ तन्कदै जानेछ सायद । नेपालबाट विश्वघरतर्फ पनि जानसक्छ र यसैगरी आउन पनि सक्छ । परिवर्तन भनेको क्षितिजतर्फको यात्रा जस्तै हो। चाहे पनि नचाहेपनि परिवर्तन प्राकृत अवस्था हो त्यो भइरहेकोछ, भइरहनेछ। यसरी भइरहने परिवर्तनको साक्षी वा भोक्ता हामीमा बुझाईको सचेत अवस्था हुनुपर्छ, रूपचन्द्र विष्टले झकझकाउन खोजेको थाहा जस्तै हुनुपर्छ वा चिन्तक ओशोको बैज्ञानिक ध्यानपद्धती झै स्पष्ट परिणाम दिने सुत्र सुल्झाउन सक्नुपर्छ। अन्यथा बुद्धको देश भन्दै विदेशतर्फ शान्तिको खोजियात्रा चलिरहनेछ, विश्वको छानो सगरमाथाको देश भन्दै आफ्नो घरको छानो लाउन र मानो उठाउन आधुनिक कालापहाड, मुगलानतर्फ ओर्लनु परिरहनेछ ।

व्यक्ति व्यक्तिको बुझाई संकलीत बन्न सकोस्, त्यो बुद्धको संघमा उनिवोस्, पृथ्वीनारायण शाहाको एकतामा अटावोस् र नयाँ प्रविधीको तिब्रगतिसँगै समकालिन् बन्न सकोस् हाम्रो अञ्जुलीमा रहेको वर्तमान, आउनुहोस् यसैमाथि घोत्लीऊ, चिन्तनमनन गरौं र प्राकृत विकासमा कृत्रित निकास नखोजौं, विकास एउटा प्रक्रिया भयो, निकास त्यसको अर्को खण्डीत प्रक्रिया हो। शान्त स्वभावको नैसर्गिकपनालाई अटोमोडमा छोडिदिऊ र जीवनलाई उत्सवमय तवरले बाँचौं ।

Ready to Read? Buy Now:

Renowned Nepalese author Nirmal Kumar Thapa celebrated for his philosophical writings in poetry, fiction, and non-fiction, with works like Bijaula, Ekadeshma, The Book of Philosophy and More.

Quick Links

About the Author

© 2024 Nirmal Kumar Thapa. All rights reserved