Jay Shree Kubernath
जय श्री कुबेरनाथ
by Nirmal kumar Thapa
पछिल्लो बाहिरी पृष्ठबाट
समय चितामा जल्दै गरेको
नृत्यरत धूवाँको मुस्लो ओढेर
“म” माथिबाट हेरिरहेकोछ
घरमा छुटेको भित्ते घडीलाई
जसको टिकटिक आवाजले
मेरो एकोहोरोपनलाई टुग्दै सुन्दै
गोलाईमा पेलिरहेको छ ।
मान्छेहरूले भन्ने र मान्ने समयको
सीमाभन्दा पनि पर
कुनै जीवन छ-र-त
“म” हेरिरहेको छ त्यो शरीरखेललाई
– मृत्यु कविता
